विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा


काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसामा अनियमितता सम्बन्धी उजुरीपछि कडा कदम चालेको छ। सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ।

नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ भने नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके पठाइएको छ।

त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा सो अन्तर्गतका निकायमा सरुवा गरिएको छ।

मन्त्रालयले सरुवाको निर्णय कारबाही प्रक्रिया अन्तर्गत भएको स्पष्ट पारेको छ। यस कदमलाई प्रशासनिक सुधारको संकेतका रूपमा हेरिएको छ।
बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो। अख्तियारले यस विषयमा अनुसन्धान जारी राखेको छ।