काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्न सफल भएकी छिन् ।
शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले मिस नेपाल २०२२ को उपाधि हात पारिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याएकी थिइन् । सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्न सफल भएका छन् । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । यसका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए।
प्रतिक्रिया