अष्ट्रेलिया विश्वकप फुटबल खेल्ने निश्चित, पेनाल्टीमा किपर एन्ड्रयूको उत्कृष्ट प्रदर्शन

अष्ट्रेलिया विश्वकप फुटबल खेल्ने निश्चित, पेनाल्टीमा किपर एन्ड्रयूको उत्कृष्ट प्रदर्शन


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलिया कतारमा यसैवर्ष हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागी बन्ने निश्चित भएको छ । पेरुसँगको खेलमा विजय हुँदै अष्ट्रेलियाले आफ्नो यात्रा निश्चित गरेको हो ।

कतारको अहमद विन अली रंगशालामा भएको प्रतिस्पर्धामा नियमित र अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा प्रवेश गरेको थियो । जअष्ट्रेलियाले पाँचका विरुद्ध ४ गोल अन्तरले जीत हासिल गर्न सफल भयो । जीतका लागि एन्ड्रयू रेडमाईनले एक गोल रोकेका थिए ।

उनी नियमित खेलमा सहभागी नभएपनि प्रशिक्षक ग्राहम आर्नोल्डले म्यान रायनको ठाउँमा उनलाई पठाएका थिए । सिड्नीको फुटबल क्लबबाट खेल्ने ३३ वर्षीय एन्ड्रयूले पेरुका लागि पेनाल्टी प्रहार गर्ने एलेक्स भालेराको प्रहारलाई बचाएका थिए । विश्वकप फुटबल आगामी नोभेम्बरमा कतारमा आयोजना हुँदैछ । अष्ट्रेलियाले लगातार पाचौं पटक विश्वकप फुटबलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यो जीतसँगै अष्ट्रेलिया समूह डीमा छनोट भएको छ । जुन समूहमा साविक विजेता फ्रान्स, डेनमार्क र ट्यूनिसिया छन् ।