आज होबार्टमा नेपालको रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनको कन्सर्ट

आज होबार्टमा नेपालको रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनको कन्सर्ट


होबार्ट, तास्मानिया ।

नेपालको प्रसिद्ध रक व्याण्ड रविन एण्ड रेभ्यूलुसनले आज २४ तारिख शुक्रबार तास्मानियाको होबार्टमा कन्सर्ट गर्दैछ । गएको जुन ४ तारिखबाट अष्ट्रेलियाको टूरमा रहेको व्याण्डले यसअघि डार्विन, मेलबर्न, क्यानबेरामा कन्सर्ट गरिसकेका छन् । बिहीबारमात्र सिड्नीमा आफ्नो कन्सर्ट सम्पन्न गरेको रविन एन्ड रेभ्यूलुसन व्याण्डले नेपाल फेष्टिभल डार्विनमा आफ्नो प्रस्तुति दिएको थियो । १० हजारभन्दा बढीले अवलोकन गरेको नेपाल फेष्टिभलपछि उनीहरुले मेलबर्नमा कन्सर्ट गरेका थिए ।

व्याण्डमा रविन तामाङ लिड गिटारिष्ट तथा गायक, हरि महर्जन रिदम, प्रविनदास श्रेष्ठ व्यास गिटार र विजय बराल ड्रममा रहेका छन् । अष्ट्रेलिया टूर आयोजना गरिरहेको यात्री ईभेन्टसका प्रकाश थापाले अहिलेसम्म दर्शकहरुले दिएको मायाबाट व्याण्ड उत्साही रहेको प्रतिक्रिया दिए ।

तास्मानियाको कन्सर्टलाई आरजीआईटी अष्ट्रेलिया र ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ । तास्मानियाको कन्सर्टको व्यवस्थापन समेत गरिरहेका ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले कन्सर्टको तयारी पूरा भइसकेको भन्दै दर्शकहरुलाई भेन्यूमा स्वागत गर्न आफु आतुर रहेको प्रतिक्रिया दिए । उनले कार्यक्रममा १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्रै प्रवेश दिइने भएको पनि बताए । कार्यक्रम स्थानीय मुनाह आर्ट सेन्टरमा हुनेछ ।