काठमाडौं महानगरपालिका‐३१ ठेगाना भएको उक्त कम्पनीले ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्ट्रक्सन सामान खरिद बिक्री शीर्षकमा गरेको कारोबारका क्रममा राजस्व चुहावट सम्बन्धी कसुर गरिएको आरोप लगाइएको छ ।
विभागले चालु वर्षमा यति ठूलो रकम असुल गर्नुपर्ने मागसहित एउटै कम्पनीविरुद्ध अभियोग पत्र दर्ता गरेको सम्भवतः यो पहिलो मुद्दा हो ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अनुसन्धानका क्रममा वस्तु र सेवा हस्तान्तरण नगरी बिल जारी गरेको, खरिद कारोबार बैंकमार्फत नगरेको, बीजका सिलसिलेबार जारी नगरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको, मुल्य अभिवृद्धि र आयकर दाखिला नगरेकोलगायतका गल्ती भेटिएको थियो । राजस्व छलीको मनसाय राखेर राज्यलाई घाटा पारेको भन्दै विभागले ध्रुवलाई जेल सजाएँसमेत माग गरेको हो । ध्रुवले मूल्य अभिवृद्धि कर ४५ करोड ८० लाख, ८३ हजार ४ सय ३४ तथा आयकर १४ करोड ६५ लाख ३१ हजार ८ सय २४ समेत ६० करोड ४६ लाख १५ हजार २ सय ५८ विगो असुल गर्नुपर्ने देखिएको हो ।
प्रतिक्रिया