ब्रिसबेनमा ‘वाक फर कम्युनिटी वेलफेयर’ हुँदै, संकलित रकम क्वीएनसीसी र वेलफेयर फन्डमा

ब्रिसबेनमा ‘वाक फर कम्युनिटी वेलफेयर’ हुँदै, संकलित रकम क्वीएनसीसी र वेलफेयर फन्डमा


ब्रिसबेन, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्डले आगामी जुन १९ तारिख एनआरएनए वाक फर कम्युनिटी वेलफेयर २०२२ आयोजना गर्ने भएको छ । ब्रिसबेनमा गर्न लागिएको यो पदयात्रा कार्यक्रममा सहभागी हुन निश्चित रकम तोकिने र यसबाट संकलन भएको रकमको ३० प्रतिशत एनआरएनए सोसियल वेलफेयर फन्डमा जम्मा गरिने र बाँकी ७० प्रतिशत त्यहाँ बनाउने योजना रहेको क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरलाई हस्तान्तरण गरिने भएको छ ।

पदयात्रा कार्यक्रममा अष्ट्रेलियामा भ्रमणमा आउनुभएका अभिभावकहरु भने निःशुल्क सहभागी हुन पाउनेछन् । विद्यार्थीहरुको लागि प्रतिव्यक्ति १० डलर, परिवारलाई एक सय डलर र अन्य वयस्क व्यक्तिहरुलाई ५० डलर तोकिएको छ । यस पदयात्रा कार्यक्रमलाई सफल पार्न एनआरएनले नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड, क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टर, एभरेष्ट वारियर्स सहित अन्य क्वीन्सल्याण्डमा रहेका सबै नेपाली समूदायका संघसंस्थासँग सहकार्य गरिने भएको छ ।

एनआरएन अष्ट्रेलियाको सोसियल वेलफेयर फन्डबाट आपतमा परेका नेपालीहरुलाई २ हजार डलरसम्म सहयोग उपलब्ध गराइँदै आइएको छ । यस्तो सहयोग प्राप्त गर्ने धेरैजसो अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु हुने गरेका छन् ।
पदयात्रामा सहभागी हुनका लागि यो लिंकमा गएर आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

Click here to reg>>