माइतीघरमा पीडित परिवारले आजैदेखि धर्ना दिने

माइतीघरमा पीडित परिवारले आजैदेखि धर्ना दिने


काठमाडौँ । सोती घटनामा उच्च अदालत सुर्खेतले जातीय विभेदको कसुरलाई बदर गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा पीडित परिवार र अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले न्यायाधीश सोभाकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई बर्खास्त गर्न माग गरेका छन्। वैशाख १६ गते न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनामा जिल्ला अदालत रूकुम पश्चिमले तोकेको कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजायलाई सदर गर्ने फैसला गरे पनि जातीय विभेद भएको फैसला भने बदर गरेको थियो। सोती घटनामा मारिएका नवराजलगायतका युवकका परिवारले शुक्रबारदेखि नै माइतीघरमा धर्ना थालेका छन्।