मन्त्री आलेलाई आरोप लगाउँदै प्रवासी नेता सेढाईले दिए राजीनामा

मन्त्री आलेलाई आरोप लगाउँदै प्रवासी नेता सेढाईले दिए राजीनामा


मेलबर्न, अष्ट्रेलिया ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको शुभेच्छुक प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका उपाध्यक्षले मन्त्री आलेमाथि गम्भीर आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा वर्तमान पर्यटनमन्त्री आलेले विभिन्न प्रलोभनमा नियुक्ति बाँड्दै हिंडेको र कार्यकर्ताको अपमान गरेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टीले गरेको अपरिपक्व र कच्चा कामले देशको विकास र सम्बृद्धिको सपना पूरा नहुने पनि लेखिएको छ ।

प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष प्रकाश सेढाई नेपालमा अनेरास्ववियुको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका नेता हुन् । उनी अष्ट्रेलिया आएपछि यहाँको विभिन्न सामाजिक कार्यमा समेत आफुलाई व्यस्त बनाउँदै आएका छन् । संगठनभित्र देखिएको अराजकता र मनपरीबाट आजीत भएर आफुले राजीनामा गर्ने मनस्थिति बनाएको उनले लेखेका छन् ।

विगतमा भएका गल्ती कमजोरीमा पनि सच्चिने हो कि भन्ने आशा राख्दै आएपनि अब त हद नै पार भएपछि आफुले राजीनामा दिएको उनको जिकिर छ ।
यस्तो छ उनले अध्यक्ष राजनकुमार बस्नेतलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रको व्यहोरा