धर्मश्री शारीरिक सुगठनको उपाधि उमेश राईलाई, महिलातर्फ तारा खाइजु पहिलो

धर्मश्री शारीरिक सुगठनको उपाधि उमेश राईलाई, महिलातर्फ तारा खाइजु पहिलो


काठमाडौँ । १०औँ संस्करणको धर्मश्री शारीरिक सुगठन उपाधि गोर्खाली फिटनेसका उमेश राईलेले जित्नुभएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअलतर्फ उमेश च्याम्पियन बनेका हुन् ।

साविक विजेतासमेत रहनुभएका उमेशले फाइनलमा ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पारेका हुन् । उपाधिसँगै उमेशले १२ लाख रुपियाँ पुरस्कार र ११ किलोग्रामको ट्रफी पुरस्कार पाए । उमेशले ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभरअल राउन्डमा स्थान बनाएका हुन् ।

धर्मश्रीमा दुई पटक उपाधि जित्ने उमेश तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि नरेश महर्जन र सानु गुरुङ्गले पनि दुईरदुई पटक उपाधि जितेका थिए । उपविजेता ललितले ६ लाख रुपियाँ पुरस्कार पाए । दाङ्गका माधव सुवेदीले तेस्रो बन्दै तीन लाख रुपियाँ प्राप्त गरेका छन् ।

नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यस्तै ६५ केजीको मिस्का फिटनेस क्लबका माधव सुवेदी पहिलो, डेयर टु फिट जिमका अजय मलिक दोस्रो, नेपाल ब्यायाम मन्दिरका छितिज थापा तेस्रो, कलंकी जिमका मिलन राई चौथो, भूमि जिम एन्ड फिटनेसका नवराज डुम्रे पाँचौँ र स्थानमा नेपाल ब्यायाम मन्दिरका सुरेश मुनिकार छैटौँ भए ।

७० केजीमा मसल एन्ड फिटनेसका असिम बाबु गरुङ पहिलो, नेपाल ब्यायाम मन्दिरका आशिष देवा दोस्रो, युआर फिटनेसका उपेश सापकोटा तेस्रो, टोटल फिजिकल फिटनेसका कविराज कटुवाल चौथो, प्लाटिनम फिटनेसका दिपजङ्ग रोकामगर पाँचौँ र नेपाल ब्यायाम मन्दिरका अतिश बज्राचार्य छैटौँ भए ।

७५ केजीमा प्लाटिनिम फिटनेशका बिनोद सुनार, चितवन फिजिकल फिटनेसका मरिचमान लामा, नेपाल ब्यायाम मन्दिरका मनोष श्रेष्ठ, कोको फिटनेसका पुष्प शंकर, प्लाटिनम फिटनेसका सन्तोष श्रेष्ठ र सुपर फिटनेसका ब्रिखमान गुरुङ क्रमशस् शीर्ष ६ मा रहेका थिए ।

यस्तै महिला बडी बिल्डिङ खुलातर्फ भक्तपुर डिस्पिराडोकी तारा खाइजु पहिलो भइन् । कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे दोस्रो, डिभाइन फिजिकल फिटनेसका उर्मिला श्रेष्ठ तेस्रो, प्लाटिनम फिटनेसका सोफिला शाह कार्की चौथो, डिभाइन फिजिकल फिटनेसका शिला ठकुरी पाँचौँ र पाटन फिटनेसकी रिपु घर्ती छैटौँ बनिन् ।

मास्टर्स खुलातर्फ नेपाल ब्यायाम मन्दिरका किशोर शाहीले बाजी मारिन् । काठमाडौँ जिमका राजकुमार शाही दोस्रो र नेपाल ब्यायाम मन्दिरका कृष्ण सिंह शाही तेस्रो भए । पुरुष स्पोर्ट्स फिजिक्क १७० सेमि मूनिको समूहमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठ पहिलो, एनवाइएफसीका निरल थापा दोस्रो र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो तेस्रो भए ।

१७० सेमि माथिको समूहमा गोल्ड्स जिमका रमन तुलाधर पहिलो, आरएनएफसीका नुरबहादुर कुँवर दोस्रो र नेपाल ब्यायाम मन्दिरका शिवकुमार सिंह तेस्रो भए । पीएल सिंह मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ७० हजार रुपियाँ प्रदान गरियो ।