एडिलेड । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (साका) ले यस बर्षको उत्कृष्ट क्रिकेट एशोशियसन सम्मान नेप्लिज क्रिकेट एशोशियसन (एन्का)लाई प्रदान गरेको छ ।
एन्का साउथ अष्ट्रेलियामा रहेका ७० भन्दा बढि क्रिकेट एशोशियसनहरु मध्येमा यस वर्षको उत्कृष्ट एशोशियसन सम्मान प्राप्त गर्न सफल भएको हो । विगत वर्षहरुमा मनोनयनमा मात्र पर्न सफल भएकोमा यस बर्ष सम्मानित भएको हो ।

यसै गरि लामो समय देखि यहा रहेका नेपाली दोस्रो पुस्ता मात्र नभएर अन्य समुदायका बालबालिकाहरुलाई समेटेर एन्का जेम्स र महिलाहरुको एन्का सन्साईन टिम निर्माण गरेर खेल प्रशिक्षण तथा खेलहरु गराउदै आएको छ । यसरी बालिका तथा महिलाहरुको क्षेत्रमा क्रिकेटको विकासमा योगदान गरे बापत WOMEN’S & GIRLS INITIATIVE OF THE YEAR सम्मान प्राप्त गरेको छ । भने एन्का अध्यक्ष विजय जोशीलाई १० बर्ष देखि अनवरत रुपमा क्रिकेटमा स्वयंसेवा सेवा गरे वापत सम्मान गरेको छ ।
सम्मान साकाले एक कार्यक्रम विच प्रदान गरेको छ । सम्मान पछि केविसी संग कुरा गर्दै एन्का अध्यक्ष विजय जोशीले एन्काले विगत १० बर्ष देखी समुदायमा गर्दै आएको सेवालाई साका पहिचान गरेको बताउदै खुशी व्यक्त गर्नु भयो । उहाले प्रवासको भुमीमा खेल्ने खेलाडी, प्रशिक्षक, स्वयंसेवक तथा सहयोगी सबैको सम्मान भएको बताउदै यसले आगामी दिनमा थप कार्य गर्न प्रेरणा मिलेको बताउनुभयो ।

प्रतिक्रिया