एडिलेडमा नेपाल फेष्टिभलअघिको परेड यस्तो देखियो (फोटो फिचर)

एडिलेडमा नेपाल फेष्टिभलअघिको परेड यस्तो देखियो (फोटो फिचर)


एडिलेडको मुटु एल्डर्स पार्कमा नेपाल फेष्टिभल २०२५ आयोजना गरिएको छ । नेपाल फेष्टिभल अघि विहान १०ः३० बजेबाट एक झाँकीसहितको परेडले कार्यक्रमस्थल वरपर हिंड्दै एल्डर्स पार्क पुगेको थियो । एडिलेडमा रहेका विभिन्न संघसंस्थाले नेपाल फेष्टिभल परेडमा सहभागिता जनाएका थिए । नेपाली झण्डा, बाजागाजा सहित उपस्थित परेडमा विभिन्न राज्यबाट त्यहाँ पुगेका नेपालीहरु, विभिन्न भाषा विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरु पनि सहभागी थिए । नेपाली मौलिक पोशाकमा सजिएका उनीहरुलाई नजिकैबाट स्थानीय समूदायले अभिरुचिपूर्वक हेरेका थिए । यसैबीच, साउथ अष्ट्रेलियाकी गभर्नर फ्रान्सिस एडम्सनले एक सन्देश जारी गर्दै नेपाल फेष्टिभलले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा महत्वपूर्ण स्थान राख्ने बताएकी छिन् ।