काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ ।
३० वर्षीय जाउआनीले मोरक्कोको यू–२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । धनगढीले एनएसएलका लागि अनुबन्ध गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् ।
यसअघि नै धनगढीले मोहम्मद हिजाजी र धनगढीबाटै पहिलो र दोस्रो सिजन खेलिसकेका नाइजेरियन फरवार्ड अफिज ओलावालेलाई निरन्तरता दिइसकेको छ ।
प्रतिक्रिया