दुईदिनमै १३ लाखले हेरे एलिना चौहानको ‘टुटेको पिरिम’

दुईदिनमै १३ लाखले हेरे एलिना चौहानको ‘टुटेको पिरिम’


मेलबर्न, अष्ट्रेलिया ।

नेप्को ईन्टरटेन्मेन्टले आफ्नो युट्युब च्यानलमा रिलिज गरेको एलिना चौहानको नयाँ गीत टुट्यो पिरिम, ब्रेकअप पार्टी गीतले ४८ घण्टाभित्रै १३ लाखभन्दा बढी दर्शक पाएको छ । नेप्को ईन्टरटेन्मेन्टका निर्देशक विराज थापाले दर्शकहरुको मायाका लागि आभार व्यक्त गरे ।
गायिका एलिना चौहानको वास्तविक जीवनसँग मेल खाने शब्दहरु राखेर आफ्नो प्रेमीलाई धारेहात लाउँदै बनाइएको भिडियोमा अधिकांश दर्शकहरुले एलिनालाई सराहना गरेका छन् ।

अष्ट्रेलियामै विवाह गरेर आएकी गायिका फेरि होली कार्यक्रमका लागि अष्ट्रेलिया नै आइपुग्दैछिन् । त्यसअघि सार्वजनिक भएको गीतले यतिबेला ईन्टरनेटमा तहल्का मच्चाएको छ ।

यसै सम्बन्धमा एलिनाले आफ्नो अभिभावकलाई राखेर बनाएको टिकटक अर्को चर्चाको विषय बनेको छ । जसमा गीतका शब्दहरुप्रति अभिभावकहरुको पूर्णत समर्थन रहेको देखिन्छ । गीत हेरिसकेपछि कमेन्ट गर्ने केही दर्शकले भने आफ्नो व्यक्तिगत कुरालाई यसरी उछाल्नु ठीक नहुने प्रतिक्रिया दिएका छन् । गीतमा टुट्यो पिरिम, तैंले र्गा बन्धनमा थिएँ म अब फिरि म भनिएको छ । यस्तो छ गीत –