यति फुटबल क्लबको साधारणसभा, राज शर्मा नेतृत्वमा दोहोरिए

यति फुटबल क्लबको साधारणसभा, राज शर्मा नेतृत्वमा दोहोरिए


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित पुरानो फुटबल क्लबमध्येको एक यति फुटबल क्लबले आफ्नो वार्षिक साधारणसभामार्फत नयाँ नेतृत्वको चयन गरेको छ । क्लबका अध्यक्ष राज शर्मा अर्को कार्यकालका लागि पनि नेतृत्वमा आएका छन् । सर्वसम्मतिले भएको छनोटबाट उपाध्यक्षमा प्रवेश केसी, अनामिका राई, सज्जन शर्मा चुनिएका छन् । यस्तै सचिवमा भरत राना, सहसचिवमा विसन गुरुंग, कोषाध्यक्षमा हरि गुरुंग, सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ छानिएका छन् । कार्यकारी सदस्यहरमा कालु तमु, कर्ण राना, सुदीप मास्के, असिम पन्त, प्रचन श्रेष्ठ, दिपु गुरुंग, निराजन गुरुंग, ज्ञान श्रेष्ठ, पंकज लामिछाने, राकेश विन्दुकार, उकेश श्रेष्ठ, मन्दिप सिंह बस्नेत चयन भएका हुन् ।

मेलबर्नको ब्रन्सविक वेष्टमा रहेको ईस्टोनियन हाउसमा आयोजना गरिएको साधारणसभाले क्लबको सल्लाहकारमा जोग लिम्बु, पर्शुंराम शर्मा लुईटेल, बाम गुरुंग र राज कँडेललाई समेत मनोनयन गरेको छ ।

सन् २००१ मा स्थापना गरिएको क्लबले गएको वर्ष महामारीको बेला मेलबर्नमा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई खाद्यान्न लगायतको सहयोग वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।