होबार्ट, तास्मानिया ।
नेपाली सोसाइटी अफ तास्मानिया नेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “निडर यात्रा : व्यवसायमा महिला” कार्यक्रम गर्ने भएको छ। आज अपरान्ह एमकट हल मूनाहमा हुन लागेको कार्यक्रममा विभिन्न क्षेत्रमा सफल महिलाहरूले आफ्नो यात्राबारे जानकारी दिनेछन् ।
कार्यक्रमको प्रमुख वक्ताहरूमा अर्चना ब्रम्मल, लिन गुयेन, भुवना वीरमणि, सुदिक्ष्या बरुवाल, र ज्याकी स्टेफेन्स रहेका छन्।
नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकारका अनुसार उक्त अवसरमा महिलाद्वारा सञ्चालित व्यवसाय प्रवर्द्धन गर्न विभिन्न व्यवसायिक स्टलहरू पनि राखिनेछ । साथै वर्षा थापाको गायन, सरिना पाण्डेको कवितावाचन र समोआ समूदायको परम्परागत नृत्यले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिनेछ ।
कार्यक्रम महिलाहरूलाई सशक्त बनाउन, व्यवसाय प्रवर्द्धन गर्न र नयाँ अवसरहरू सिर्जना गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
प्रतिक्रिया