सिड्नी । सिड्नी नजिकै पर्ने उलोङगङमा वोलोङगङ इलावरा नेपाली समाजले होलीको अवसरमा नेपाली समुदायबिच विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथै नयाँ पुस्तालाई नेपाली चाडपर्वको महत्त्व बुझाउन कार्यक्रमको आयोजना गरिएको हो ।
आगामी शनिवार, ८ मार्च २०२५, दिउँसो २ः०० बजेबाट उलोङगङको लैंग पार्कमा होली महोत्सव हनेछ ।
नेपाली गीत–सङ्गीत, नृत्य, खेलकुद तथा बालबालिकाहरुको लागि पनि विविध गतिविधि समेटिएको कार्यक्रममा स्थानीय नेपाली समुदायका साथै उलोङगङका मेयर तथा अन्य बहुसांस्कृतिक समाजका अगुवाहरुले सहभागिता जनाउने निश्चित भएको छ ।
नेपाली भेला भएर उत्सव मनाउने समाजका कार्यकारी सदस्य मौसम पोखरेलले केविसीखबरलाई बताए । उनले भने “होली सबैलाई एकतामा बाँध्ने पर्व हो। यस अवसरमा सबै नेपालीहरू भेला भएर उत्सव मनाउनेछौँ।”
कार्यक्रममा सहभागी हुने व्यक्तिहरूका लागि पहिलो आएकालाई पहिलो दिने आधारमा निःशुल्क होली टी–सर्ट पनि उपलब्ध गराइनेछ । टी–सर्ट प्रायोजनमा नमस्ते क्लोदिंग एन्ड डेकोर, एभरेस्ट ट्राभल प्राइभेट लिमिटेड र रेड एन्ड ब्लु होम लोन रहेका छन्।
उलोङगङ इलावरा नेपाली समाजले सबैलाई कार्यक्रममा उपस्थित भई रङ, सङ्गीत र खुसीयालीको यो पर्व मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया