जापानी संस्था ‘वान बल कनेक्ट’ले गर्यो मोरङको एक विद्यालयलाई सहयोग 

जापानी संस्था ‘वान बल कनेक्ट’ले गर्यो मोरङको एक विद्यालयलाई सहयोग 


जापान, नागोया ।

जापानी संस्था वान बल कनेक्टले मोरङको एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ। नायोगा नेप्लीज फुटबल क्लबको समन्वयमा वान बल कनेक्टले मोरङको आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो। 

संस्थाले दिएको आर्थिक सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ड्रेस, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ। स्थानीय उत्सव दाहाल, नीलम चौलागाई, दावा तामाङ, शम्भु धमला र अर्जुन कार्कीको सहयोगमा विद्यार्थीलाई शैशिक सामाग्री वितरण गरिएको एनएनएफसीका सचिव नबराज पौडेलले जानकारी दिएका छन्। 

यस पटक विद्यालयमा अध्ययनरत निम्न वर्गीय समुदायका ७१ जना बालबालिकालाई ६०,००० नेपाली रुपैयाँ बारबारको शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए। संस्थाले अघिल्लो पटक पनि यसै विद्यालयलाई ९३ हजार बराबरको आर्थिक सहयोग गरेको सचिव पौडेलको भनाइ छ। 

शैक्षिक सामाग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी जापानबाट जुम मार्फत जोडिएका थिए। वान बल कनेक्टले पछिल्लो समय नेपालका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ। वान बल कनेक्ट आयोजक रहेको कार्यक्रमको सह आयोजक नायोगा नेप्लीज फुटबल क्लब रहेको थियो।