एन्फामा दुई प्यानल, २१ पदमा ५४ जनाको उम्मेद्वारी

एन्फामा दुई प्यानल, २१ पदमा ५४ जनाको उम्मेद्वारी


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि विभिन्न २१ पदमा ५४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन बिहीबारसम्म अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा आठ र सदस्यहरुमा ४१ जनाको उम्मेदवारी परेको एन्फा निर्वाचन समितिले जनाएको छ । एन्फा निर्वाचनको लागि उम्मदवारी दर्ता जेठ ६ गतेदेखि सुरु भएको थियो ।

एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वर्तमान उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले उम्मेदवारी दिनुभएको छ । शेर्पा र नेम्वाङले सबै पदमा आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिनुभएको हो । एक जना बरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र वीरबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ । यस्तै चार उपाध्यक्ष पदको लागि वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दीपक खतिवडा, विज्ञानराज शर्मा र दावा लामाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै दुई महिला सहित १५ सदस्य पदका लागि भरत बढ थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजरा, तपेश्वर कुमार राउतकुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दिपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, शम्भु बहादुर सिंह ठकुरी, कुमार कटुवाल र प्रविण कुमार यादवले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कृष्ण मुरारी गुरुङ, रमेश व्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रविण कुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र स्रिखाकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकुमार सावाँले पनि सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । महिलातर्फ विन्द्रा देवान, सरिला श्रेष्ठ मलेकु, विमला पौडेल, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । एन्फाको चुनावी साधारणसभा असार ६ गते काठमाडौंमा हुँदैछ ।