अष्ट्रेलियाका आठै राज्यमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै फेन्का !

अष्ट्रेलियाका आठै राज्यमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै फेन्का !


मेलबर्न, अष्ट्रेलिया ।

फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया फेन्काले अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाउने भएको छ । आगामी २९ मे मा विभिन्न कार्यक्रम गरी चेतनामूलक दिवस मनाउने तयारी भएको संस्थाका प्रवक्ता दिपक विष्टले जानकारी दिए ।

संस्थाका अध्यक्ष कृष्ण हमालका अनुसार यसबाट अब हरेक पटक मे २९ तारिखका दिन सगरमाथा दिवस मनाइनेछ । यस पटकको सगरमाथा दिवसको नारा लेट्स प्रिजर्भ माउन्ट एभरेष्ट राखिएको छ । हमालका अनुसार यस पटकको एभरेष्ट डेमा नेपाली समूदायका अगुवाहरु, नेपाली दूतावासका प्रतिनिधि, महावाणिज्यदूतहरु, राजनीतिक नेतागण, नेपाली पत्रकारहरुका साथै अष्ट्रेलिया हिमालय फाउन्डेसन, फ्रेड होलो फाउन्डेसन र सगरमाथा आरोहीहरुको सहभागिता रहनेछ ।

हरेक राज्यमा विहान प्रभातफेरिको आयोजना गरिने र कुनै पार्कमा भेला भएर बार्बिक्यूका साथमा सगरमाथा आरोहीहरुको अनुभव साटासाट गर्ने तय भएको छ । साथै साँझ वेविनारका माध्यमबाट अन्तरक्रिया गर्ने योजना छ ।

वेविनारमा सहभागी हुन निम्न आईडी र पासवर्ड समेत उपलब्ध गराइएको छ ।

ZOOM ID : 820 6109 3007

Passcode: 280612.