अष्ट्रेलियन निर्माताहरुको चलचित्र दोख प्रदर्शनको तयारीमा, असार २४ मा रिलिज

अष्ट्रेलियन निर्माताहरुको चलचित्र दोख प्रदर्शनको तयारीमा, असार २४ मा रिलिज


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियन निर्माताहरुको संयुक्त पहलमा निर्माण भएको चलचित्र दोखको प्रदर्शन मिति टुंगो लागेको छ । निर्देशक अनुप बराल रहेको चलचित्रको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।
फिल्मको कथा राजन कटैतले लेखेका हुन् भने सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई छन् । नेपालमा भूकम्प गएपछि स्थगित भएको छायाँकनमा निकै कठीनाई पश्चात सम्पन्न गरिएको थियो । यसपछि पनि विविध बाधाको सामना गर्नुपरेको चलचित्र मुख्यत नेपालमा भएको द्वन्द्व र त्यसको असरका विषयमा केन्द्रित रहेको बताइएको छ ।