आजदेखि नेपाली कमेडियनहरुको बिग शो ‘कमेडी हब’ प्रशारण हुँदै

आजदेखि नेपाली कमेडियनहरुको बिग शो ‘कमेडी हब’ प्रशारण हुँदै


कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’काे निर्देशनमा ‘कमेडी हब शाे’ सुरु हुने भएको छ । बुधबारबाट सुरु हुने शोको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गर्नुभएको हो।

कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने बताइएको छ । यस्तै, एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुबाेध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीपतामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, सङ्गम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति रहनेछ ।