निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ, धमला पनि तानिए

निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ, धमला पनि तानिए



काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् । यससँगै प्रहरीले कार्यक्रम सञ्चालक ऋषि धमलालाई पनि सोधपुछका लागि बोलाएको छ । के कति कारणले पुष्टि नभएको कुरालाई अतिरञ्जना फैलाई आम साधारणमा भ्रम छर्ने कार्य गरेको हो स्पष्ट पार्नका लागि उपस्थित गराइएको हो । धमलाले अनुसन्धान नै नगरी अन्तर्वार्ता गर्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

प्रहरी प्रवक्ताले भनेका छन् “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कसको उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” वि।सं। २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । रासस