रवि लामिछाने बुधबारसम्म हिरासतमा, अदालतले दियो ६ दिनको अनुमति

रवि लामिछाने बुधबारसम्म हिरासतमा, अदालतले दियो ६ दिनको अनुमति



लेखनाथ । पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो।

अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ।