जब देशभरका एक हजार कलाकार बसन्तपुरमा उभिएर धिमे बाजामा नृत्य प्रस्तुत गरे

जब देशभरका एक हजार कलाकार बसन्तपुरमा उभिएर धिमे बाजामा नृत्य प्रस्तुत गरे



काठमाडौँ । विश्व पर्यटन दिवस २०२४ को अवसरमा वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ । पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो ।

हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिनुभएको छ ।’ यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो । विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो ।