अष्ट्रेलियामा छक्का पञ्जा ५ को चहलपहल, बिहीबारबाट अष्ट्रेलियाभर प्रदर्शन हुँदै !

अष्ट्रेलियामा छक्का पञ्जा ५ को चहलपहल, बिहीबारबाट अष्ट्रेलियाभर प्रदर्शन हुँदै !



सिड्नी, अष्ट्रेलिया ।

यो वर्षको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ५ को प्रदर्शन नेपालसहित अष्ट्रेलियाका विभिन्न शहरमा एकसाथ हुने भएको छ । बिहीबार फुलपातिबाट सुरु हुने प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको प्रदर्शकमध्येका एक गिरिश ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टका गगन गिरीले जानकारी दिए । सिड्नीको नमस्ते ईन्टरटेन्मेन्ट र गिरिश ईभेन्टले संयुक्त रुपमा अष्ट्रेलियाको प्रदर्शन अधिकार खरिद गरेका थिए । रकडेल ब्वाईजको सहकार्य रहेको छ । चलचित्रका दुई गीत यसअघि नै चर्चाको शिखरमा छन् ।

नेपालमा दुई अन्य चलचित्रसँग जुधेपछि अष्ट्रेलियामा भने दशैंको अवसरमा छक्का पञ्जाकै एकाधिकार देखिएको छ । उसले यहाँका सिनेमा हलको चेन ईभेन्ट सिनेमा होयत्स, रिडिंग सिनेमा, भिलेज सिनेमा, स्टेट सिनेमाका आउटलेटहरुमा प्रदर्शन गर्ने सम्झौता गरेको छ । यस अनुसार विभिन्न शहरको प्रदर्शनस्थलहरुबारे जानकारी पनि प्रकाशित भइसकेको छ –

गिरिश ईभेन्टसका गगन भन्छन् “दशैंमा परिवारसँग छक्कापञ्जा हेर्ने एउटा बानी नै नेपाली दर्शकहरुलाई परिसक्यो जस्तो लाग्छ । नेपालबाट दशैं मनाउन यहाँ आउनुभएका बुबाआमालाई लिएर आफ्नो नजिकको थियटरमा नेपाली भाषाकै प्रतिक्षित फिल्म हेर्न पाउनु हाम्रोलागि सुविधा मात्र नभएर यहाँ नेपालीहरुको उपस्थितिको सफलता समेत हो भन्नेमा दुईमत छैन ।”

छक्कापञ्जाको यस पटकको सिरिजमा कर्मचारीतन्त्र र नेपालको भ्रष्टाचारलाई मुख्य विषय बनाइएको यसका निर्माता तथा अभिनेता दिपकराज गिरीले जानकारी दिएका छन् ।

छक्कापञ्जाको यस पटकको सिरिजमा कर्मचारीतन्त्र र नेपालको भ्रष्टाचारलाई मुख्य विषय बनाइएको यसका निर्माता तथा अभिनेता दिपकराज गिरीले जानकारी दिएका छन् । नेपालमा एकसाथ १२ गाउँ र ज्वाई साहब रिलिज भएपछि दबाबमा रहेका गिरीले आफ्नो चलचित्र हेरेर प्रतिक्रिया दिन दर्शकहरुलाई अनुरोध गरेका छन् ।
छक्का पञ्जा ५ मा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ।

सोसल–कमेडी जनराको यो श्रृंखला यस पटक फिल्म कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्मको पटकथा दीपकराज गिरीले लेखेका हुन्। कथा र संवाद लेखनमा उनलाई केदार घिमिरे र दिलीप तामाङले सघाएका छन्।

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार घिमिरे छन्।

नेपालमा एकसाथ १२ गाउँ र ज्वाई साहब रिलिज भएपछि दबाबमा रहेका गिरीले आफ्नो चलचित्र हेरेर प्रतिक्रिया दिन दर्शकहरुलाई अनुरोध गरेका छन् । चलचित्र प्रदर्शनमा ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले साथ दिएको छ भने केविसीखबर मिडिया पार्टनर रहेको छ ।