सहकारीबाट रकम ल्याउन लामिछानेको संलग्नता भेटिएन, आएको पैसा सबै खर्च गर्ने कामको नेतृत्व गरेको पाइयो : प्रतिवेदन

सहकारीबाट रकम ल्याउन लामिछानेको संलग्नता भेटिएन, आएको पैसा सबै खर्च गर्ने कामको नेतृत्व गरेको पाइयो : प्रतिवेदन



काठमाडौं । सहकारीको छानविन समितिले दिएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न नरहेको प्रतिवेदन दिइएको छ । यद्यपि यसरी गैरकानूनी रुपमा गोर्खा मिडियामा आएको रकम खर्च गर्न भने नेतृत्वदायी भूमिका रवि लामिछानेले खेलेको निष्कर्श पनि प्रतिवेदनमा छ । प्रतिवेदनले यसका लागि के कस्तो सजाय हुने हो कारवाही अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।
यस्तो छ निर्देशन –


प्रतिवेदन संसदमा पेश भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । नेपाली काँग्रेसले रवि लामिछानेले जनताको पैसा गोर्खा मिडियामा आएको र त्यसलाई रवि लामिछानेले खर्च गरेका कारण उनी दोषी रहेको बताएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले कारवाही अगाडि बढाउनुपर्ने बताएका हुन् । छानविन समितिको पूरै प्रतिवेदन समेत सार्वजनिक नभई उनले दोषी देखिएको दावी गरेका थिए । यस्तै नेकपा एमालेका नेताहरुले पनि रवि लामिछानेको संलग्नता देखिएको भन्दै छानविन समितिको निष्कर्शलाई अक्षरस पालना गरिनुपर्ने, कार्यान्वयनमा लैजानुपर्ने प्रतिक्रिया दिएका छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भने रवि लामिछानेले क्लीन चिट पाएको बताउँदै राजनीति अब छोड्न नपर्ने निष्कर्श निकालेका छन् । समितिमा पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका शिशिर खनालले काँग्रेसले यसअघि लगाउँदै आएको आरोपबाट रवि लामिछानेले क्लीनचिट पाएको बताएका हुन् । सम्वाददाताहरुसँग प्रतिक्रिया दिँदै उनले सहकारीको रकम गोर्खा मिडियामा ल्याउने कार्यमा लामिछानेको संलग्नता नदेखिनु नै उनको बदनियत नरहेको प्रष्ट भएको बताए । अब मिडिया कम्पनी सञ्चालन गर्दाका बखत आएको पैसालाई खर्च गर्ने सवालमा के कमी कमजोरी भएको हो त्यसको भागी भने उनी हुनुपर्ने शिशिरको प्रतिक्रिया छ ।

संसद भवनमा बोल्दै रवि लामिछानेले आफुले क्लीनचिट पाएकै दोहोराए । उनले भने, “अब कम्पनीको एमडी भइसकेपछि खर्च गर्नका लागि चेक नै त काट्ने होला । घाँस काटेर त नहोला ।”
उनको प्रतिक्रियाबाट क्लीनचिट पाएको दावी गरेपनि उनी छानविन समितिको निष्कर्शमा त्यति सन्तुष्ट नदेखिएको पाइएको छ ।