एनआरएनले सेप्टेम्बर १० तारिख मेलबर्नमा ‘नेपाल फेष्टिभल’ आयोजना गर्दै

एनआरएनले सेप्टेम्बर १० तारिख मेलबर्नमा ‘नेपाल फेष्टिभल’ आयोजना गर्दै


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी सेप्टेम्बरमा मेलबर्नमा नेपाल फेष्टिभल आयोजना गर्ने भएको छ । शनिबार स्थानीय कोबर्गमा आयोजना गरिएको कार्यक्रममा सेप्टेम्बर १० तारिख फेडेरेसन स्क्वायरमा नेपाल फेष्टिभल आयोजना गर्ने जानकारी गराइएको हो । हरेक दुई वर्षमा आयोजना गरिने नेपाल फेष्टिभल यसअघि कोरोना महामारीका कारण रोकिएको थियो ।

यसैवर्ष आगामी जुन ४ तारिखमा एनआरएनले डार्विनमा पनि नेपाल फेष्टिभल आयोजना गर्दैछ ।

गैरआवासीय नेपाली संघका भिक्टोरिया संयोजक हरि खड्काले नेपाल फेष्टिभलको मिति सार्वजनिक गर्दै समूदायका सदस्यहरुसँग नेपाल फेष्टिभललाई मौलिक, भिन्न र यादगार बनाउन के गर्न सकिन्छ भन्ने सुझाव माग्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए । उनले नेपाल फेष्टिभल मार्फत आफ्नो व्यवसायको प्रबद्र्धन गर्न चाहने प्रायोजकहरुलाई कुनै भेदभावविना नै पहिलो आउने पहिलो हुने नियम अनुसार अनुबन्ध गरिने पनि बताए ।

कार्यक्रममा भिक्टोरियामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए । नेपाल फेष्टिभलको आयोजना गैरआवासीय नेपाली संघले गर्ने भएपनि यहाँ रहेका सबैजसो सामाजिक संघ संस्थाले हातेमालो गर्ने गरेका छन् । कार्यक्रममा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुंग, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य, एनआरएन आईसीसीका पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।

यस्तो छ शनिबार सार्वजनिक गरिएको नेपाल फेष्टिभल मेलबर्नको पहिलो पोष्टर