आमाको मुख हेर्ने दिन एडिलेडबाट सरिता निरौलाको म्युजिक भिडियो ‘आमा’ सार्वजनिक

आमाको मुख हेर्ने दिन एडिलेडबाट सरिता निरौलाको म्युजिक भिडियो ‘आमा’ सार्वजनिक


साउथ अष्ट्रेलिया ।
साउथ अष्ट्रेलियाको एडिलेडमा बस्दै आएकी गायिका सरीता निरौलाले आमा बोलको गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गरेकी छिन् । आफ्नो दोस्रो सांगितिक प्रस्तुतीका रुपमा शनिबार सार्वजनिक गरिएको उक्त गीतमा आमाको प्रेम, त्यागको चर्चा गरिएको छ ।
गीतसँगै उनले सांगीतिक म्युजिक भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

उनको आफ्नै स्वर र शब्द रहेको गीतमा सुरेन्द्र श्रेष्ठले संगीत भरेका हुन् । दक्षिण अस्ट्रेलिाको भिएम साउण्डमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोमा गायिका निरौला स्वयंमले अभिनय गरेकी छिन भने उनको साथमा बिकास शर्मा पोखरेल, रोहित अधिकारी र इनिशा खड्को अभिनय छ । म्युजिक भिडियोको छायांकन तथा सम्पादन प्रदिप खत्रीले गरेका छन भने नबिन पन्तले निर्देशन गरेका छन् ।

गायिका निरौलाले आमाको माया र उनले दिएको त्यागलाई सम्झना स्वरुप गीत मार्फत प्रस्तुत गरेको बताएकी छिन् । निरौलाले विदेशमा रहेर समेत आफ्नो संगीत र सृजनालाई निरन्तरता दिने आफ्नो प्रयास भएको बताइन् । म्युजिक भिडियोका निर्देशक पन्तले अर्थपुर्ण र अहिले चलिरहेको भन्दा फरक किसिमको म्युजिक भिडियो निर्माण गरिएको बताए ।