प्रवासी साहित्यकर्मी आर के र आर सीले सत्यराजको स्वरमा ल्याए नयाँ गित बजारमा

प्रवासी साहित्यकर्मी आर के र आर सीले सत्यराजको स्वरमा ल्याए नयाँ गित बजारमा


एडिलेड। प्रवासमा बसेर नेपाली साहित्य संगितमा लागेका आर के शर्माको रचना र आरसी थापाको संगितमा सत्यराज आचार्यको स्वरमा `सिन्को नभाँची´ संगित वजारमा आएको छ ।

लामो समय देखी प्रवासमा रहेर मातृभूमि प्रतिको माया र संझना झल्कने सहित्य श्रृजना गर्ने देखी पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको पुत्र प्रकाश दहालको निधनमा `सिटामोल हारे पछि ´ शिर्षकको कविता लेखेर चर्चामा आएका रचनाकार शर्माको सिन्को नभाँची फरक खालको गित रहेको छ । परिवारकी एक्ली छोरीलाई सानो काम समेत गर्न नलगाईकन, सिन्को सम्म भाँच्न नभनिकन हुर्काई बढाई गरेपनि उमेर पुगेपछि विवाह गर्ने बेला बाआमालाई थाहा सम्म नदिईकन भागि विवाह गर्ने सामाजिक कथाको अन्तरवस्तुको केरकार नै “सिन्को नभाँची” को पृष्ठभुमि भएको गितका रचनाकार आर के शर्माले बताउनुभयो । उहाले अभिभावकिय आँखामा मन्जुरीविनाको भागि विवाहले बाआमाका मनमा चलेको भावनालाई प्रस्तुत गरिएको गीत “सिन्को नभाँची” भएको बताउनुभयो ।

गितका संगितकार आर सी थापा ले बाबु आमाको आखाका नानी छोरीले जिवनको ठुलो फैसला गर्दा कुनै जानकारी नै नदिदाको पिडालाई गितले अभिव्यक्त गरेको बताउनुभयो । उहाले रचनाकार शर्माले गित लेखेर संगित भर्न दिदा संगित भर्दै जादा गायकमा सत्यराज आचार्यको स्वर ठिक हुने ठानेर उहालाई गाउन दिने निर्णय गरेको बताउनुभयो । नेपाली संगित क्षेत्रका लोकप्रिय कलाकार सत्य राज आचार्यले यो गितले देखाउन खोजेको बिषयबस्तु नेपाली समाजमा धेरै देखिएको तर बाबु आमाको पिडालाई झल्काउने खाल्का गितहरु खासै नभएकाले अलि फरक देखेर नै स्वर भरेको बताउनुभयो ।

रचनाकार शर्माले आफुले धेरै नै साहित्य रचना गरे पनि गितको रुपमा आएको पहिलो प्रयास भएकाले स्रोताहरुको प्रतिक्रियाले आगामी दिनमा कस्तो रचनालाई महत्वदिने भन्ने निर्धारण हुने बताउनु भयो । गितको भिडियो सहित सत्यराज आचार्यको युट्युब च्यानलमा सार्वजनिक भएको छ । गितले नेपाली समाजमा रहेको मागी बिवाहका विरुध्द गएकी एक छोरी र छोरीको निर्णयले दुखी भएका बाबु आमाको पिडालाई प्रस्तुत गरेको छ । गाउघरमा खेतबारीको होस वा अरु कुनै काममा समेत नगराई राखेकी छोरीले जिवनको महत्वपुर्ण फैसला गर्दा एक बचन जानकारी समेत नदिईकोमा बाबु आमाको पिडा झल्काएको छ गितले | त्यसैगरि गितले अभिभावकको मन्जुरी विना गरिने वैवाहिक संबन्धका कारण कतिपय अवस्थामा घरका साना भाईवैनीहरुसंगको संबन्धमा पनि आँच आउने र तिनीहरुमा मनोवैज्ञानिक असर पर्ने सत्यतालाई पनि उघारेको छ।

यसैगरि रचनाकार शर्माको `मलाई यस्तो लागोस´ बोलको गित अर्का प्रवासी गायक आर के निरौलाको स्वरमा नरहरी प्रेमीको संगितमा रेकर्डिङ्गको कार्य सम्पन्न भएर बजारमा आउने क्रममा रहेको छ ।https://youtu.be/MpYiwJdxMdw