ढाका । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्वमा बहाल भएका छन् । उनलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार भनिएको छ । राष्ट्रपतिले एक विज्ञप्ति जारी गर्दै उनलाई अन्तरिम सरकारको नेतृत्वकर्ताका रुपमा नियुक्त गरिएको जानकारी दिएका हुन् । यसअघि उनले “यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” भनेका थिए । विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् । यसैबीच बुधबार त्यहाँको प्रहरीका प्रमुखलाई बर्खास्त गरिएको छ । हालसम्म बंगलादेशमा हिंसाको क्रममा ४ सयभन्दा बढीको निधन भइसकेको छ । सेनाप्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्दै प्रधानमन्त्री खालिदा जिया देश छोडेर भागेको बताएका थिए । तर, प्रदर्शनकारीहरुले सैनिक नेतृत्वको सरकार स्वीकार नगर्ने यसअघि नै बताइसकेका छन् । बंगलादेशमा स्वतन्त्र चुनाव गराउने उनीहरुको लक्ष्य देखिएको छ ।
छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा थिइन् तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उनको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।
अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भाग्ने अवस्था सिर्जना भएको थियो ।
प्रतिक्रिया