काठमाडौँ । मिस नेपाल–२०२४ को उपाधि आश्मा केसीले जितेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउन सफल भएकी हुन् । पेशाले एक व्यवसायी आश्माले अब नेपालको प्रतिनिधित्व गरेर मिस वल्र्डमा सहभागी हुनेछिन् । उपाधि उचालेपछि कुरा गर्दैै उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएकी छिन् ।
यसैबीच, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरेका छन् । रावत अष्ट्रेलियामा बसोबास गर्छिन् । सिड्नीमा रजिष्टर्ड नर्स करुणाको सहयोगका लागि अभियान समेत सञ्चालन गरिएको थियो । मिस नेपाल ईन्टरनेशनलको उपाधि जितेपछि कुरा गर्दै करुणाले सामाजिक सेवामार्फत केही गर्ने आफ्नो योजनामा उपाधिले सहयोग पुग्ने बताएकी छिन् । नेपालमा यसअघि थालिएको सामाजिक अभियानलाई निरन्तरता दिने योजना उनले सुनाईन् । आफ्नो परिवारसहित आफन्तजन, अष्ट्रेलियावासी नेपालीलाई उनले धन्यवाद दिएकी छिन् ।
प्रतिक्रिया