काठमाडौं । यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा फाईनलमा पुग्ने सुन्दरीहरुले आफ्नो प्रतिभा देखाउनेछन् । २६ जना फाइनलिस्ट सुन्दरीमध्ये अष्ट्रेलियाबाट पुगेकी करुणा राउत पनि छिन् । यसअघि अनुष्का श्रेष्ठले अष्ट्रेलियाबाट नै नेपाल फर्किएर मिस नेपालको ताज पहिरिएकी थिइन् । यसैकारण अष्ट्रेलियाका स्पर्धीलाई उपाधिको होडमा अघि नै मान्ने गरिएको छ । आजको फाईनलको प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्ने भएको छ ।
स्वीम सुटको प्रदर्शनपछि केही विवादित बनेको प्रतियोगिताको सबै तयारी पूरा भएको र कार्यक्रमलाई भव्यता दिन कुनै कमी नराखिने आयोजक हिड्न ट्रेजरले जनाएको छ । उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल(२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ सहविधा पनि सामेल छन् ।
तपाईं पनि करुणालाई प्रतिस्पर्धामा अघि बढाउन चाहनुहुन्छ भने तल दिइएको कोडमार्फत भोट गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया