साङ्ग्रिला र भैरहवाको स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालन रहेको क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. को व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ ।
२०८०।१२।१० को सञ्चालक समितिको निर्णयबाट क्यासिनोहरुको इजाजत पत्र नवीकरण नगर्ने निर्णय भएको हो । यसै निर्णयअनुसार क्यासिनोका इजाजतपत्रहरु स्वतः रद्द भएकोले साउन १ गते देखि सम्पूर्ण कारोबार बन्द गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीमा कार्यरत कर्मचारीहरूले भुक्तानी लिनु बाँकी भए सम्पर्क गर्न समेत कम्पनी व्यवस्थापनले अनुरोध गरेको छ ।
प्रतिक्रिया