बिस्केट जात्रामा रथको पांग्राले च्यापिएर वृद्धको मृत्यु

बिस्केट जात्रामा रथको पांग्राले च्यापिएर वृद्धको मृत्यु


काठमाडौं, ५ वैशाख । भक्तपुरमा बिस्केट जात्रामा रथको पाङ्ग्राले च्यापिएर एक जना वृद्धको ज्यान गएको छ ।
जात्राको अन्तिम दिन आज सोमवार दिउँसो पौने चार बजेतिर गहिटीबाट बंशगोपालतर्फ लैजाँदै गरिएको रथ नासमाना चोकमा पुग्दा रथको पाङ्ग्राले एक वृद्धलाई च्यापेको थियो । पाङ्ग्राले च्यापिएर सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पालको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो ।
रथको पाङ्ग्राले च्यापिएपछि घाइते भएका कस्पालको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।