अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा गोली चल्यो, दुई जनाको मृत्यु (भिडियो)

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा गोली चल्यो, दुई जनाको मृत्यु (भिडियो)


काठमाडौँ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पेन्सिल्भेनियामा भएको चुनावी र्यालीमा गोली चलेको छ। उनी पेन्सिलभेनियाको बटलरको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गोली चलेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

एसोसिएटेड प्रेसले बटलर काउन्टी जिल्ला न्यायधिवक्ता रिचर्ड ए गोल्डिङगरलाई उद्धृत गर्दै ट्रम्पको र्‍यालीमा गोली चलाउने अभियुक्त मारिएको पुष्टि गरेको छ। यस्तै र्‍यालीमा सहभागी एक व्यक्तिको पनि मृत्यु भएको समाचारमा जनाइएको छ।