मेलबर्न अष्ट्रेलिया ।
सेण्ट जर्ज नेप्लिज क्लब को साधारण सभा सम्पन्न भएको छ। जुन ३० अर्थात् शनिबार रकडेल स्थित एभरेष्ट तन्दुरी एण्ड फंक्सन सेण्टरमा श्याम थापाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।
सिभिल इन्जिनियर समाजसेवी एवंम फुटबलका रेफ्री समेत रहेका थापालाई साधारण सभाले दुई वर्षका लागि (२०२४–०२६) संस्थाको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
थापाको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र श्रेष्ठ, महासचिवमा सुमन सुवेदी, कोषाध्यक्षमा रजनीश श्रेष्ठ, सबै उमेर समूहको व्यवस्थापकमा रोशन लामिछाने, सह–व्यवस्थापकमा जगत पाईजा, युवा टोलीको संयोजकमा डेभिड कुमाल, युवा फुटबल टोलीको कप्तानमा सुशान्त कुँवर, महिला टोलीको संयोजकमा सुकमाया गुरुङ, म्यानेजरमा तमन्ना श्रेष्ठ, कार्यक्रम संयोजक गोपाल रञ्जिता र उत्तम गुरुङ, सोसल मिडिया कोर्डिनेटर स्वस्तिका श्रेष्ठ, मेडिकलमा इन्दिरा गुरुङ र आधिकारिक फोटोग्राफरमा विबेक पोखरेल रहेका छन्।
सेण्ट जर्ज नेप्लिज क्लब अष्ट्रेलियाको नेपाली समुदायको फुटबल क्लब हो। अष्ट्रेलियामा खेलको विकास र प्रवर्द्धनमा अग्रणी भूमिका खेलेको क्लबमा नेपाल को “ए” डिभिजन फुटबल टोलीका झन्डै एक दर्जन पूर्व राष्ट्रिय खेलाडीहरू आबद्ध रहेका छन्।
प्रतिक्रिया