नेपाल आइडल विजेता करण परियारको पहिलो गीत सार्वजनिक (भिडियो)

नेपाल आइडल विजेता करण परियारको पहिलो गीत सार्वजनिक (भिडियो)


काठमाडौँ ।

नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको पहिलो गीत ‘सुस्तरी’ सार्वजनिक भएको छ। प्रदीप चापागाईंले लेखेको गीतमा सिडी विजय अधिकारीको संगीत र कुशल सिंहको एरेन्ज रहेको छ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडाले अभिनय गरेका छन्। भिडियोलाई बुद्ध थापाले छायांकन र विकास धमलाले सम्पादन गरेका छन्। गीत प्रदीप चापागाईंको ‘अफिसियल युट्युब च्यानलमा गीतको भिडियो हेर्न सकिन्छ।