बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।