यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ। आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ १० पैसा तोकिएको छ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ पुगेको छ। आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।