महाअभियोगविरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्चको आदेश

महाअभियोगविरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्चको आदेश


काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथिको महाभियोगविरुद्धको सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संवैधनिक इजलासले आज सो आदेश दिएको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको हो ।
अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले फागुन ११ गते प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट निदेशन पेश गर्नुभएको थियो । खतिवडाको रिट निवेदनमाथि शुक्रबार सुरुवाती सुनुवाइ भएको हो ।
त्यस्तै, संवैधनिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गर्नुभएको अर्को रिट निवेदनलाई साथै राख्ने आदेश दिएको छ । चन्दले फागुन १३ गते सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको थियो ।