अमेरिकासँग इजरायल असन्तुष्ट

अमेरिकासँग इजरायल असन्तुष्ट


एजेन्सी ।

अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएका छन्। आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिना अघिदेखि अमेरिकाबाट इजरायलमा आउने हतियारमा उल्लेख्य कमी आएको बताएका हुन्।

उनले हतियार आपुर्ति बढाउनकालागि अमेरिकी अधिकारीसँग कुरा गरेको पनि उल्लेख गरेका छन्। मेमा, अमेरिकीबाइडेन प्रशासनले इजरायललाई हतियार कटौतीमा कमी गर्ने बताएको थियो।

इजरायलले रफाहमा प्रयोग गर्नका लागि अमेरिकासँग बम आपुर्ति गर्न माग गरेको थियो। तर, अमेरिका रफाहमा इजरायलले गरेको कारबाहीको विपक्षमा रहेकाले हतियार आपुर्ति कम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

नेतन्याहुको टिप्पणी इजरायलका परराष्ट्रमन्त्री योग ग्यालेन्ट शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि आएको हो। यो भग्यालेन्टगाजा, लेबनानको अवस्था र इरानबाटआएको खतराबारे छलफल गर्न अमेरिका पुगेका छन्। नेतन्याहुले जुलाई २४ मा कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

इजरायलको मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले मेजर जनरलको नियुक्तिको घोषणा पनि गरेका थिए। उनले दक्षिणमा र लेबनानी सीमा नजिक बसोबास गर्ने नागरिकहरूलाई निर्वासन गर्न येफ्ताह रोन–ताल र भाइस एडमिरल एलिजर मारोमलाई नियुक्त गरेका हुन्। गतवर्ष अक्टोबरमा हिजबुल्लाह आतंककारीहरूले यी क्षेत्रहरूमा दैनिक रकेट प्रहार गरिरहेका थिए, जसका कारण ६० हजार इजरायलीहरू विस्थापित हुनु परेको थियो। इजरायल र हमासबीचको युद्धगत अक्टोबर ७ देखि सुरु भएको हो।