चुनावी खर्चबारे सात दिनभित्र जवाफ दिन शशांक कोइरालालाई निर्वाचन आयोगको निर्देशन

चुनावी खर्चबारे सात दिनभित्र जवाफ दिन शशांक कोइरालालाई निर्वाचन आयोगको निर्देशन


काठमाडौं, २९ चैत । निर्वाचन आयोगले कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए ।
निर्वाचन खर्चसम्बन्धी विवरणमा कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाएका थिए । उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको सुनाएका थिए। पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो ।
कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए ।