एजेन्सी ।
जापानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। जापानको इशिकावा प्रान्तमा गएको उक्त भूकम्पबाट कुनै क्षति नभएको जापानी सञ्चार माध्ययमले जनाएका छन्।
भूकम्प आज सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर गएको हो। एजेन्सीका अनुसार त्यहाँ सुनामीको चेतावनी पनि जारी भएको छैन।
भूकम्पको पहिलो धक्का ५.९ म्याग्निच्युडको थियो भने दोस्रो धक्का ४.८ म्याग्निच्युडको थियो। यो धक्का इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत सहरहरूमा महसुस भएको थियो।
जापानमा गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो। सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया