घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ। भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।