उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण

उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण


काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने अनुमान गरिएको बताएका हुन्।

उनले चालु आर्थिक वर्षको चैत महिनामा ओसत मूल्यवृद्धि ४.६ प्रतिशतमा सिमित रहेको बताएका हुन्। चालु आर्थिक वर्षको चैत महनिामा सम्ममा आयात २.८ प्रतिशतले र निर्यात ३.७ प्रतिशतले घटेको बताए।

शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्बले बचतमा रहेको उनले उल्लेख गरे। विदेशी मुद्राको संचिती १२.५ महिनाको वस्तुको आयात धान्न प्रयापत रहेको उनले बताए।