अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु

अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु


काठमाडौँ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन्।

यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो। सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए। सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो।

उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुनेभएको छ। संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन्।