मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्बाट बजेट पारित


काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पारित गरेको छ।

सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। उनले बजेटसँग सम्बन्धित कानुनहरु पनि संसद्मा पेस गर्ने निर्णय भएको बताए। संयुक्त बैठक ३ बजेका लागि तय भएको छ।