मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ। केप सोलान्डर ड्राइभ कर्नेलमा माछा मार्ने क्रममा दुई नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरले जानकारी दिए।
पानीमा डुबेर ज्यान गुमाएका युवाको परिचय र घटनाका बारेमा एनआरएन न्यु साउथ वेल्सले बुझ्ने प्रयास गरिरहेको छ, उनले भने।
यस विषयमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेललाई सम्पर्क गर्दा दुई जना नेपाली युवाको पानीमा डुबेर मुत्यु भएको पुष्टि गरेका छन्।
मृत्यु हुने २५ र २२ वर्षका नेपाली युवा रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। सोमबार दिउँसो २ः४५ बजे चट्टानमा माछा मार्ने क्रममा उनीहरुलाई समुन्द्रको छालले तानेर डुबाएको प्रहरीले भनाइ छ। घटना घटेको केहीबेरमा प्रहरी घटना स्थलमा पुगे पनि उनीहरुको ज्यान जोगाउन नसकेको न्यु साउथ वेल्स प्रहरीले जानकारी दिएको छ। हेलिकप्टरको साहयताले उनीहरुको शव पानीबाट निकालिएको थियो।
प्रहरीले उनीहरुको परिचय भने खुलाएको छैन्।
प्रतिक्रिया