यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको थियो।

युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। सोमबार खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसाले कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ। सोमबार खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको थियो।

आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।