प्रवासी र नेपाल जोड्ने कार्यक्रम दूरदेखि दिक्पालसँग मे १० तारिखबाट

प्रवासी र नेपाल जोड्ने कार्यक्रम दूरदेखि दिक्पालसँग मे १० तारिखबाट


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहेका पत्रकार दिक्पालदेव पंगेनीले मे १० तारिखबाट दूरदेखि दिक्पालसँग कार्यक्रम सञ्चालन गर्ने भएका छन्। नेपालमा रेडियो पत्रकारिता गरेका पंगेनी १६ वर्षअघि अष्ट्रेलिया आएका थिए। अष्ट्रेलियामा समेत रेडियो पत्रकारिताको निरन्तरता दिएका उनले केही समय अघि एमएनटीभीमा मेलबर्न टक सञ्चालन गरेका थिए। पछिल्लो समय केविसीखबरसँग आबद्ध पंगेनीले आफ्नै प्रयासमा दूरदेखि दिक्पालसँग सञ्चालन गर्न लागेका हुन्।

मे १० तारिख युट्युव च्यानलबाट प्रसारण हुने उक्त श्रंखलामा नेपालका राजनितिज्ञ, अर्थविद, शिक्षाविदलगायत विभिन्नस क्षेत्रका विज्ञसँग कुराकानी गरिनेछ। उक्त श्रंखलाबद्ध कुराकानी डीडीटीभी युट्युब च्यानलबाट प्रशारण गरिनेछ। नेपालको सम्बन्धमा प्रवासमा फैलिएका नकारात्मक कुराहरुको चिरफार गर्ने उद्देश्य पहिलो श्रृंखलाको रहनेछ। केविसीखबरसँग कुरा गर्दै पंगेनीले भने, देशको सिमानाभन्दा बाहिरबाट देखिएको नेपालको तस्वीर खासै राम्रो छैन। तर, के नेपालमा केही पनि भएको छैन त ? एउटा सकारात्मक नजर हाम्रो रहनेछ। तर, विकृतिको समेत हामी चिरफार गर्नेछौं।

अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले दूरदेखि दिक्पालसँग कार्यक्रमको घोषणा गरेका थिए। हालै उनले सामाजिक संजालबाट दूरदेखि दिक्पालसँगको प्रोमो पनि सार्वजनिक गरेका छन्।

यस्तो छ प्रोमो